गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

मातृशिशु मितेरी अस्पताल

पोखरा, नेपाल

अध्यक्षको सन्देश


नेपालको वर्तमान संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हकका साथै स्वास्थ्य सेवामा पहुच तथा हकको व्यवस्था गरेको छ।  मौलिक हकको प्राप्तिको लागि नागरिकको आधारभुत आवश्यकता सम्बन्धी संवैधानिक नीतिमा स्वास्थ्य  सेवामा सबैको सहज, सुलभ र समान पहुच गर्ने , नागरिकलाई स्वस्थ्य बनाउन राज्यले  जनस्वास्थ्यमा भएको लगानीलाई नियमन व्यवस्थापन गरी सेवा मुलक बनाउने लगाएत स्वास्थ्य सेवालाइ सर्वसुलभ र गुणस्तरीय बनाउने नीति लिएको छ। 

विगत दुई वर्षदेखि विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको र यसले धेरै जनधनको क्षति पुर्‍याएको सर्वविदितै छ । यस भाइरसका कारण स्वास्थ्य क्षेत्रमा चुनौती सृजना गर्‍यो र यसको समाधानको लागि प्रत्येक राष्ट्र अहोरात्र खटिए र आवश्यक खोपको विकास गर्ने सफल भए साथै प्रत्येक राष्ट्रले नागरिकलाई सहज र सुलभ रुपमा खोप प्रदान गरे जसको कारणले पछिल्ला दिनमा क्षति कम भएको महसुश गरिएको छ तर पूर्णरुपमा रोकथाम नभएको हुदा अझै पनि सुरक्षाका उपायहरुलाई अवलम्वन गर्नुपर्ने नितान्त आवश्यक देखिन्छ । यस कठिन परिस्थितिमा नेपाल सरकार र प्रदेश सरकारले नागरिकको स्वास्थ्य र सुरक्षाका लागि विविध किसिमका योजनाहरु कार्यान्वयन गरे र फलस्वरुप प्रतिफल पनि सकारात्मक देखिनुका साथै यस स्वास्थ्य संस्थाले पनि आफुसंग भएका स्रोत साधन र दक्षताको प्रयोग गरी आफ्नो नाम उचो राख्दै दुरदराजका नागरिकहरुलाई पनि सेवा प्रदान गरी अस्पतालको पहिचान दिन सफल भयो ।
यस स्वास्थ्य संस्थाको व्यवस्थापकिय पक्षलाई चुस्तदुरुस्त, पारदर्शी सवल र सहज बनाउदै लैजानु नितान्त आवश्यकता देखिन्छ सो को लागि हामी कटिबद्ध भएर लाग्ने प्रण पनि गर्दछौ । अस्पतालको दिगो विकास, सर्वसुलभ सेवाका लागि योजनाहरुको तर्जुमा गरी कार्यान्वयनमा जोड दिदै हाल भई रहेका सेवाहरुलाई आवश्यकता अनुसार परिमार्जन गर्दै थप विशेषज्ञ सहितको सेवा प्रदान गर्ने लक्ष्य अनुरुप अगाडी बढ्दै जानुपर्ने आवश्यकता देखिन्छ । उपरोक्त आवश्यकता परिपुर्ति गर्न यस मातृशिशु मितेरी अस्पताललाई आगामी दिनमा स्थानिय नागरिक, प्रवुद्ध वर्ग, महिला शिक्षक, विधार्थी, प्राध्यापक, जनप्रतिनिधिहरु, राजनैतिक पार्टीहरु, सेवाग्राहीहरु सबैको रचनात्मक सल्लाहमा स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी थप व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त राखिनेछ ।
अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट, चिकित्सकहरु, प्रशासन, नर्सिङ्ग, पारामेडिकल, ल्याब, फार्मेसी, रेकर्डर तथा सहयोगी स्टाफहरुद्धारा कठिन अवस्थामा पनि नियमित रुपमा पुर्‍याउनुभएको उल्लेखिनिय सेवा प्रति हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा पनि थप सक्रियता पूर्वक जिम्मेवारी तथा कर्तव्य निर्वाह हुने कुरामा पूर्ण आशावादी छु ।
अन्तमा अस्पताललाई प्रत्यक्ष सहयोग पुर्‍याउने व्यक्ति गैह्रसरकारी संस्था उपल्लो निकायहरु, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तथा जनसंस्था मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सबैमा हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा सहयोग निरन्तर रहिरहने कुरा विश्वस्त छु ।

धर्मराज थापा
अध्यक्ष
अस्पताल व्यवस्थापन समिति